s

कतारमा ३ नेपालीको मृत्यु

दोहाबाट अल्खोर जाँदै गरेका दुई कार आपसमा ठोक्किँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । आठ नेपाली घाइते भएका छन् । नेपाली दूतावासका अनुसार झापाका पुष्पराज सिवाकोटी, ओखलढुंगाका सूर्यबहादुर कार्की र महोत्तरीका २७ वर्षीय रामसरोवार साहको ज्यान गएको हो । मृत्यु हुने अन्यमा भारतका तीन र श्रीलंकाका एक जना छन् । इलेक्टि्रसियन काम गर्न ६ महिनाअघि आइपुगेका सिवाकोटी अमिटेक कन्ट्राक्टिङ कम्पनी, कार्की सेभेन टु एलाभेन र साह इम्पायर गुप्र कम्पनीमा काम गर्थे । ती कम्पनीबाट उनीहरू सिगल्र्स कम्पनीमा काम गर्थे । सिगल्र्स कम्पनीका अनुसार नेपालीको शव पठाउने तयारी भइरहेको छ । घाइतेको स्थानीय हमाद अस्पतालमा उपचार जारी छ ।

Published on: 1 July 2014 | Kantipur

Back to list

;