s

राजदूतकै निजी सचिव गैरकानुनी हैसियतमा

होम कार्की

कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले आफ्नै निजी सचिव शालिग्राम पौडेललाई गैरकानुनी रूपमा भिसा नलगाई काममा लगाएको खुलासा भएको छ । निजी सचिव पौडेलले भिसा लगाइदिन बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि दूतावासको काम छाडेर उनी बिहीबार राति नेपाल फर्केका छन् ।

पौडेल गत मार्च २५ देखि राजदूतको निजी सचिवका रूपमा कार्यरत थिए । 'मलाई राजदूतको निजी सचिवका रूपमा काम गर्न राजदूतकै इमेलबाट भिसा प्राप्तपछि कतार आएको हुँ, भिसा निकालेपछि यहाँ लगाइदिने काम पनि उहाँकै जिम्मेवारी हो,' उनले कान्तिपुरसूग भने, 'तर यता आएपछि मलाई गैरकानुनी रूपमा राखियो । कतार बस्नका लागि चाहिने आवासीय अनुमति दिलाइदिनु भएन ।'

राजदूतले दूतावासमा काम गर्ने गरी स्थानीय कम्पनीबाट भिसाको प्रबन्ध गरिदिएको पौडेलको भनाइ छ । 'भिसा नलागेका कारण म अत्यन्तै मानसिक तनावमा हुँदा दिनप्रतिदिन मेरो स्वास्थ्य खराब हुँदै गएकाले पदीय जिम्मेवारी बहन गर्न नसक्ने भएपछि काम छाडेको हुँ' उनले भने । उनले राजीनामा दिूदा 'आफूलाई गैरकानुनी अवस्थाबाट सकुशल स्वदेश र्फकनका लागि यथाशीघ्र उद्धारसमेत गर्न' राजदूतसमक्ष बिन्ती चढाएको बताए ।

उनी दूतावासमा राजदूतको निजी सचिवबाहेक पीडित कामदारको गुनासो सुन्ने र सम्बन्धित कम्पनीलाई समस्या समाधान गरिदिन फोन गर्ने काम पनि गर्थे । दूतावासमा बिहान ८ बजेदेखि राति १० बजेसम्म नियमित काम गर्नुपथ्र्यो । 'तर आफैं पीडित थिएँ, राजदूतबाहेक भन्ने ठाउँ पनि थिएन,' उनले भने, 'हरेक क्षण मेरो मन दुख्थ्यो ।'

कतार आएको ७ दिनमै भिसा लगाउनुपर्ने कानुनी व्यवस्था छ । तर मेडिकल र फिंगर जाँचलगायतका प्रक्रियाका कारण तीन महिनाभित्र भिसा लगाई परिचयपत्र कामदारलाई दिनुपर्छ । 'मसँग परिचयपत्र नभएकाले कतारमा हिूडडुल गर्नसमेत वञ्चित हुनुपर्‍यो,' उनले भने, 'दूतावासभित्रको चौघेरामा सीमित भएू ।' प्रयास म्यानपावरलाई श्रमस्वीकृतिको १५ हजार दिएर हवाई टिकट भने आफैंले काटी उनी कतार आएका हुन् ।

राजदूत शर्माले 'उनी त्यस्तो गैरकानुनी हैसियतमा नरहेको' दाबी गर्दै पौडेलका विषयमा खासै जानकार नभएझै गरिन् । 'खै, घर जाने भन्नु भो । बिरामी परियो, छाती दुख्यो, कतार फापेन भनेर राजीनामा दिनुभो, त्यसलाई मैले स्वीकृति गरिदिएको हो,' उनले कान्तिपुरसूग भनिन्, 'गैरकानुनी हैसियत होइन, लेबी -दिनको १० रियाल जरिवाना) तिरेपछि ६ महिनासम्म बस्न पाइन्छ, केही हुूदैन ।' पौडेलले कम्पनीबाट जरिवानाबापत ४ सय रियाल मागिएको बताए । 'मसूग पैसा थिएन,' उनले भने ।

पौडेल कतार आउनुअघि भरतपुरस्थित बीरेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा 'प्रमुख सहायक' का रूपमा ८ वर्षदेखि कार्यरत थिए । त्यस क्याम्पसमा अध्यापन गर्ने सहायक प्राध्यापक देवीप्रसाद ढकाल -राजदूतका श्रीमान्) ले कतारमा एक लाख रुपैयाू तलब पाइन्छ भनेर बोलाएको उनले बताए । यहाू आफूले २५ सय रियाल पाउने गरेको उनको भनाइ छ । 'देवी सरले पटकपटक राहदानी बनायौ भनेर सोधिराख्नु भो, छिटो आऊ लाख रुपैयाू तलब पाइन्छ भनिराख्नुभो,' उनले भने, 'राहदानी बनाएर पठाएको भोलिपल्टै भिसा पठाइदिनुभो ।'

उनी जनबरी २८ मा कतार आए पनि तीन महिनासम्म काम दिइएन । 'सुरुमा आफूसूग भएको खर्चले खाना जुट्थ्यो । पैसा सकिएपछि साथीभाइसूग सहयोग माग्नुपर्‍यो,' पौडेलले भने । राजदूतले निजी सचिव राख्न स्थायीय पत्रिकामा सूचना जारी गरेका थिए । उनी छानिनुअघि दूतावासका तत्कालीन उपनियोग प्रमुख ऋषिराम घिमिरे र जनसम्र्पक अधिकृतले अन्तर्वार्ता लिएका थिए । घिमिरेले अंग्रेजीमा दख्खल भए पनि अरबीका जानकार नभएकाले राख्न नसकिने भन्दै फर्काइदिएका थिए । तर घिमिरे बढुवा भएर नेपाल फर्केलगत्तै राजदूतको ठाडो आदेशमा आफू नियुक्त भएको उनले बताए ।

राजदूतले जागिर लगाइदिएबापत मन्दिरका लागि सहयोग भन्दै ५ सय रियाल -झन्डै १४ हजार रुपैयाू) लिएको उनले बताए । 'मसूग ५ सय रियालभन्दा अरू लिनु भएन,' उनले भने, 'उहाूले कतारमा जागिर लगाइदिएका मान्छेहरू, सिफारिस गरेका मान्छेसूग मन्दिर बनाउने योजना गरेको छु भन्दै तलब बुझेको पहिलो महिनाको हजार रियाल सहयोग गर्नुस् भन्नुभयो र मैले दिएू ।' पौडेल कतार आउनुअघि राजदूतको निजी सचिव एक जना प्राज्ञिक जेजे अक्कल थिए ।

पौडेललाई सल्लाहकारका रूपमा कतार ल्याइएको थियो । आफूलाई सल्लाहकारका रूपमा ल्याए पनि पिएनजस्तो व्यवहार गरेपछि मानसिक तनावले बिरामी भएर स्वदेश फर्केको बताए । 'एक्कासि मलाई सहयोग गर्नुपर्‍यो भन्ने अनुरोध राजदूतबाट भएपछि आफूसूग यसबारे जानकार भएकाले उहाूसूगै कतार आएू र पदीय जिम्मेवारी निभाउन सहज होस् भनेर सहयोग गरेू,' उनले भने, 'सल्लाहकार भनेर ल्याएपछि पियनजस्तो पो बनाइयो । फेरि व्यवस्थित र प्रक्रियागत रूपमा दूतावास चलोस् भनेर धेरै कोसिस गरेू । केही नहुने देखेपछि छोडेर हिूडिदिएू ।'

Published on: 30 August 2013 | Kantipur

Back to list

;