s

तीन युवती बेचिनबाट जोगिए

तीन किशोरीलाई बेचिनबाट प्रहरीले जोगाएको छ। ती किशोरीलाई दलालले भारत लैजाँदै गर्दा कृष्णनगरबाट उद्धार गरिएको हो। काम लगाइदिने प्रलोभनमा उनीहरूलाई ललाइफकाई भारत लग्न खोजिएको प्रहरीले बताएको छ। दलालले जागिरको प्रलोभनमा पारेर लिबाङ ७ की लक्ष्मी सुनार, मालती सुनार र सिम्रन रोकालाई चण्डीगढ लगेर बिक्री गर्न खोजिएको खबर प्रहरीले थाहा पाएपछि उद्धार गरेर परामर्श केन्द्रमा लगेको जिल्ला प्रहरीले जनाएको छ। रुकुमकी सिम्रन र लिबाङका अरू दुई किशोरी लिबाङमै बस्दै आएका थिए।
 
स्थानीय सांस्कृतिक गतिविधिमा चासो राख्ने ती युवतीलाई भारतको चण्डीगढ पुर्‍याएर नाच्ने अवसर प्रदान गर्ने प्रलोभनमा दलालले फकाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ।
 
Published on: 2 November 2015 | Kantipur
 

Back to list

;