s

टोपबहादुर ओलीको उद्धारमा सहयोग गर्न आग्रह

नेपालगन्ज, फागुन २८ गते । वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपालगन्जमा पत्रकारसँगको भेटमा ओली श्रीमती नन्दा ओलीले वैदेशिक रोजगारमा मलेसिया जानु भएका ओली प्रेसरले बिरामी भएपछि मलेसियाको अस्पतालमा उपचाररत रहनु भएको बताउनुभयो । आर्थिक अवस्था नाजुक भएकाले उद्धारका लागि पहल तथा सहयोग गरिदिन सरकारसँग उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘दश वर्षअघि मलेसिया जानुभएका श्रीमान् लामो समयसम्म सम्पर्कविहीन भए पनि बिचमा सम्पर्कमा आउनुभएको थियो । यहाँबाट गएको कामको भिसा सकिएपछि गैरकानुनी रूपमा अन्यत्र काम गरिरहनु भएको थियो ।’

बिरामी भएर अस्पतालमा भर्ना भएपछि मात्र खबर आएकाले बच्चासहित आफूहरू निकै चिन्ता र पीडामा रहेको नन्दाले बताउनुभयो । प्रेसरले विगत १२ दिनदेखि ओली मलेसियामा उपचाररत रहेको श्रीमती नन्दाले जानकारी दिनुभयो । ओलीका तीन जना छोरी छन् ।

Published on: 13 March 2024 | Gorkhapatra

Link

Back to list

;