s

ट्रेड युनियनमा राजनीति

सूर्य नेपाल

समाजवादी र साम्यवादी पाउरोटी कारखानाबाट १३ औं शताब्दीमा खोल्न थालिएको ट्रेड युनियन सन् १९०० मा अन्तर्राष्ट्रिय संगठन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का रूपमा विकसित भयो। सन् १९१९ मा अन्तर्राष्ट्रिय भेला गरेर विधिवत् स्थापित यो संगठन दोस्रो विश्वयुद्धपछि १९४५ मा संयुक्त राष्ट्रसंघको अंग बन्यो। सरकार, उद्योगी र ट्रेड युनियनबाट २ : १ : १ प्रतिनिधित्व गरााई ५६ सदस्यीय कार्य समितिमा पनि २८ र १४, १४ सदस्य निर्वाचित गरी पठाउने व्यवस्था गरियो।

त्यसपछि सन् १९४५ मा श्रमिहरूले आफनेा छुट्टै संगठन टे्रड युनियन वर्ल्ड फेडेरेसन (डब्लुएफटीयु) गठन गरेे। तर साम्यवादको दबदबामा रहेको  र तत्कालीन रसियाको कब्जामा जस्तै रहेको यस युनियनले श्रमिकहरूको हित गर्न सकेन। त्यहाँ पनि समाजवादी र साम्यवादी विचार राख्ने ट्रेड युनियन पृथक भए र १९५९ मा समाजवादीहरूले आईसीएफटीयु नामक ट्रेड युनियन गठन गरे। त्यस्तै युरोपेली इसाई कर्मचारीहरूले डब्लुसीएल नामक अर्को ट्रेड युनियन महासंघ गठन गरे। संसारभरका  पेसागत ट्रेडयुनियनहरू यिनै ट्रेडयुनियनसँग आबद्ध भए। अहिले कम्युनिस्टहरूको संगठन भनिने डब्लुएफटीयु मृत प्रायः वस्थामा छ। सक्रिय रहेका संगठनमध्ये आईएफटीयु र डब्लुसीएल सन् २००७ मा एकीकरण भएर आईटीयुसीका नाममा क्रियाशली छ। यो नै विश्वको एकमात्र ठूलो अन्तर्राष्ट्रिय ट्रेडयुनियन महासघ हो।ं

नेपालका ट्रेड युनियनहरू

नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र नेपाली काँग्रेससँग नजिक छ। नेपाल ट्रेडयनियन काँग्रेस विसं २००३ सालको बिराटनगरको मजदुर आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले २००४ सालमा गठन गर्नुभएको मिल मजदुर संघलाई नै २०४७ सालमा पुनर्गठित संगठन हो। सन् २००७ मा प्रजातानित्रक ट्रेड युनियन महासंघसँग एकीकरणपछि यसको नाम नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र भएको हो।

विसं २००३ सालको मजदुर आन्दोलन बीपी कोरालाकै निर्देशनमा भएको थियो। यस आन्दोलनमा उहाँलगायत गणेशमान सिहसहित कांगेसका धेरै नेताको सहभागिता थियो। नेपाली काँग्रेसको सहयोगमा नेै नेपालमा मजदुर आन्दोलन (ट्रेड यनियन आन्दोलन) को प्रारम्भ भएको हो। नेपाल ट्रेड युनियन कांग्रेस स्थापना कालदेखिनै आईसीएफटीयुसँग आबद्ध छ। विसं २०१५ सालमा अर्थात् सन् १९५८ मा नै यसको आबद्धता लिएर गिरिजाप्रसाद कोइराला यसको महासभामा भाग लिन जानुभएको थियो। पछि सन् १९९० मा नेपालमा प्रजातन्त्र स्थापनापश्चात पुनःस्थापित भई यससँग आबद्ध भयो। यसैको माध्यमबाट नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष लक्ष्मण बस्नेत आईएलओको कार्यसमितिमा समेत पुगेर विश्वको ट्रेड युनियन आन्दोलनकै नेतृत्वमा पुग्न सके।

नेपाल ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसलाई शुभेच्छुक पार्टीका रूपमा लिन्छ। नेपाली कांग्रेसले भने विधानतः नेपाल टे्रड युनियन कांग्रेसलाई शुभेच्छुक संस्थाको रूपमा राखेर आफ्नो महाधिवेशनमा प्रतिनिधित्वसमेत हुने व्यवस्था गरेको छ। विचारकै आधारमा नेपाल टे्रड युनियन कांग्रेस समाजवादी टे्रड युनियनहरूको अन्तर्राष्ट्रिय संगठनसँग नजिक छ भने नेपाली कांग्रेस पनि समाजवादीहरूको अन्तर्राष्ट्रिय संगठन सोसलिष्ट इन्टरनेसनलको उपाध्यक्ष रहेको छ।

कम्युनिस्ट ट्रेडयुनियनहरू

नेपालका कम्युनिस्ट पार्टीमध्ये नेकपा (एमाले) निकटको साम्यवादी विचारधाराका मजदुरहरूको संगठन  जीफन्ट रहेको छ। यो नेपाल ट्रेड युनियन कांग्रेस जस्तो निला र सेता श्रमिक रहेको संघठन नभएर मूलतः निला अर्थात् कारखाना र होटलहरूमा काम गर्ने श्रमिकहरूको संगठन हो। यसको स्थापना विसं २००४ सालमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी प्रजातन्त्रवादी र कम्युनिस्ट पक्षधर भएर फुटेपछि मनमोहन अधिकारीले स्थापना गर्नुभएको हो। पुनःस्थापित भएपछि यसले कहीँ पनि आबद्धता लिएन। यसमा आबद्ध संघहरूले भने आईसीएफटीयुमा आबद्ध युनियनहरूसँग आबद्धता लिन थाले। यसैबीच आईसीएफटीयु र डब्लुएफटीयुमा आबद्ध शिक्षकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियनहरू एकत्रित भए। आईसीएफटीयु र डब्लुसीएल एकीकरण भई आईटीयुसी बनेपछि त्यससँगै आएकी सारेन ब्रो आईटीयुसीको अध्यक्ष नै बनिन्। अहिले उनी आईटीयुसीको महासचिव छिन्। जीफन्टले पनि आईटीयुसीमा आबद्धता लिएर केन्द्रीय समितिमा वैकल्पिक सदस्य हुन पुगेको छ। अर्थात्, जिफन्ट अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा कम्युनिस्ट धार छोडेर समाजवादी खेमामा पुगेको छ। नेपालमा चाहिँ उसले कम्युनिस्टको आवरण भिरेकै छ। मुड्की बाँधेर अभिवादन गरिरहेकै छ।

एमाले सम्बद्ध सेता मजदुरकेा महासंघ पेशागत महासंघ भने अझै पनि डब्लुएफटीयुमै आबद्ध छ। यसमा आबद्धता हुने सबैलाई कम्युनिस्ट मान्ने चलन छ। यसको कार्यशैली पनि डब्लुएफटीयुको जस्तै जबर्जस्ती गर्ने र  प्रकारको छ। यसले नेपाल ट्रेडयुनियन कांगे्रसका र स्वतन्त्र कैयांै नेता, आजीवन सदस्य रहेको प्यारा मेडिकल एसोसिएसनलाई २०४६ देखि नै आफूसँग आबद्ध युनियनका रूपमा राखेको थियो भने पछि आएर स्वतन्त्र सामाजिक संस्थाका रूपमा रहेको नर्सिङ संघलाई पनि आफ्नो आबद्ध संघको रूपमा देखाउने गरेको छ। यसको अर्थ प्यारा मेडिकल एसोसिएसन र नर्सिङ संघका सम्पूर्ण सदस्य कम्युनिस्ट हुन् भन्ने लाग्छ। यसरी हेर्दा त स्वास्थकर्मीहरू, रामजी कुँवर, रामजी घिमिरेलगायत नर्सिङ संघका सबै आजीवन सदस्यहरू वाम कब्जामा रहेका छन्।

अहिले त एनेकपा (माओवादी) समर्थक अखिल ट्रेड युनियन महासंघ पनि आईटीयुसीमै आबद्ध भइसकेको छ। गठनताका डब्लुएफटीयुसँग सहकार्य गरेको भए पनि विश्वबाट यसको प्रभाव समाप्त हुँदै गएको  थहा पाएर  जिफन्टजस्तै अखिल ट्रेड युनियन महासंघ पनि आइसीएफटीयुमा आबद्ध भई समाजवादी तलाउमा मुड्की उचाल्दै डुबुल्की मारिरहेको छ।

यसरी नेपालका ठुला ट्रेड युनियनहरू नेपालमा पार्टीगतरूपमा  भिन्न विचार राखेर आआफना माउ पार्टीको पछि लागे पनि अन्तर्राष्ट्रिय रूपमा भने एउटै महासंघमा आबद्ध छन्। अहिले जेटीयुसीसी गठन गरेर अन्य ट्रेड युनियनसँग पनि श्रमिकका सबालमा एक हुन थालेका छन्। तर धेरैजसो आँखा चिम्लेर राजनीतिक पार्टीका आन्दोलनमा जग्गेमा बेहुलाले बेहुलीको लगन गाँठो समाएर पछि लागे जसरी अनसरण गर्ने यिनकोे विगतको व्यवहार हेर्दा आगामी दिनमा कसरी सन्तुलन राख्ने हुन् भविष्यमै देखिनेछ।

लेखक नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका केन्द्रीय सदस्य हुन्

Published on: 22 August 2013 | Nagarik

Back to list

;