s

यूएईमा रोजगारदातालाई कामदार कटौतीदेखि बेतलबी बिदा दिने अधिकार

होम कार्की 

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदातालाई कामदार कटौतीदेखि बेतलबी बिदामा समेत राख्न पाइने अधिकार प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधन मन्त्रालयले   रोजगारदातालाई यस्तो अधिकार प्रदान गरेको हो । कोरोना भाइरसको कारण यूएईको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ । 

यूएईमा नेपाली कामदारको ठूलो हिस्सा सेवा क्षेत्रमा कार्यरत छन् । खाडी क्षेत्रमा सबैभन्दा बढी सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार यूएईमै हो । मानव संशाधन तथा इमिरेट्स मन्त्री नासिर थानी अल हम्लीले कोरोना भाइरस संक्रमणबाट देखिएको असरलाई न्यूनिकरण गर्न रोजगारदाता र कामदारबीचको करार सम्बन्धलाई पुन: संरचना गरिएको बताएका छन् । 

अब रोजगारदाताले कामदारलाई तलबी/बेतलबी बिदा, अस्थायी र स्थायी रुपमा तलब कटौती गर्न पाइने मन्त्रालयले जनाएको छ । तर यी काम भने प्रक्रियागत रुपमा हुनुपर्नेछ । यो निर्णयलाई मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न पाइनेछ ।

Published on: 30 March 2020 | Kantipur

Link

Back to list

;