s

एक्लो र निराश : विदेशमा न्याय खोजिरहेका प्रवासी कामदारका लागि सहयोग

Author(s): बन्दिता सिजापती, सारा पाओलेट्टी, एलेनोर टेलर–निकल्सन र बस्सिना फार्बेनब्लम

Year of Publication: 2015

Publication Type: Policy Brief

Published by: CESLAM

 
अन्य देशका प्रवासी कामदारहरुलाई जस्तै नेपालले पनि विदेशमा काम गरिरहेका आफ्ना नागरिकको सुरक्षामा ध्यान देओस् भन्ने माग आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमै भइरहेको छ । विशेष गरी निम्न ज्याला पाउने उद्योगमा काम गरिरहेका प्रवासी कामदारहरु दुव्र्यवहार र शोषणको जोखिममा रहेका हुन्छन् र उनीहरुसँग कानुनी उपचार गर्न सक्ने स्रोत हुँदैन । नेपालले प्रतिक्रिया दिन थालेको त छ तर आपतकालमा देश बाहिर रहेका नागरिकहरुले माग गर्नेे सुरक्षाको मात्रा धेरै र जटिल छ अनि थोरैले मात्र सहयोग पाएका नजिरहरु छन् ।
 
यस नीतिपत्रले नेपाली प्रवासी कामदारलाई विदेशमा काम गर्दा संरक्षण गर्न चालिएका कदमहरु र विशेष गरी उपचारमा पहुँचका बारेमा समीक्षा गरेको छ । कानुनी दाबी गर्ने सम्भावना भएका प्रवासी कामदारहरु बढी मात्रामा नेपाली दूतावासमा भर परेको पत्ता लागेको छ । धेरै दूतावासहरुले यस आवश्यकतालाई सम्बोधन गर्ने प्रयास त गरेका छन् तर उनीहरुको प्रयास कामचलाउ मात्र छ । यस सारसंक्षेपले यस्ता प्रयासलाई अझ विस्तार र सुदृढ बनाउन, आर्थिक र मानव साधनस्रोतले सम्पन्न गर्न, प्रवासी कामदार सम्बन्धी विषयहरुमा दूतावासका कर्मचारीहरुलाई तालिम, स्पष्ट निर्देशिका र प्रक्रियाको विकास गर्न सिफारिस गरेको छ ।

Download PDF

Back to list

;