s

कफाला प्रणाली र नेपाली घरेलु कामदारमा यसको असर

Author(s): रुजा बज्राचार्य र बन्दिता सिजापती

Year of Publication: 2012

Publication Type: नीतिपत्र

Published by: CESLAM

आफू  र आफ्ना परिवारको सुनौलो भविष्यको खोजीमा प्रत्येक महिना १६ हजारभन्दा बढी नेपाली कामदारहरू कामको खोजीमा खाडी समन्वय परिषद् (गल्फ कोअपरेसन काउन्सिल) का सदस्य मुलुकहरूमा पुग्दछन् । धेरैजसो कामदारले त्यहाँ रोजगार पाउनका निम्ति धेरै पैसा तिरेका हुन्छन् । तर उनीहरूलाई त्यहाँको कानुन र नीति–नियमका बारेमा त्यति थाहा हुँदैन । यीमध्ये सबैभन्दा महत्वपूर्ण कुरा कफाला प्रणाली हो जुन यस्तो प्रायोजन प्रणाली हो जसमा कामदारमाथि गतिशीलता, भिसालगायतका सबै कुरा रोजगारदाताको अधीनमा हुन्छन् । यसअन्तर्गत, घरेलु कामदारहरूलाई खाडी मुलुकहरूको श्रम ऐनले कुनै पनि किसिमको सुरक्षा प्रदान नगर्ने भएकोले र उनीहरूका हकमा कफाला प्रणाली मात्र लागू हुने हुँदा उनीहरूको स्थिति अत्यन्तै नाजुक छ । यस नीतिपत्रमा कफाला प्रणालीले नेपाली कामदारहरूमा पारेको असरका बारेमा प्रकाश पार्नुका साथै उनीहरूका समस्या हल गर्नका लागि केही उपाय सिफारिस गर्ने प्रयत्न गरिएको छ ।

Download PDF

Back to list

;