s

जेएमई रेमिट्यान्सद्वारा कारोबार सुरु

जापान मनी एक्स्प्रेस -जेएमई) रेमिट्यान्स कम्पनीले नेपालमा कारोबार थालेको छ । जापानमा नेपालीको लगानीमा स्थापित पहिलो कम्पनी जेएमईले त्यहाँ एक वर्षदेखि कारोबार गर्दै आएको थियो । दरबारमार्गको शेर्पा मलमा केन्द्रीय कार्यालय स्थापना गरेर कारोबार थालेको जेएमई रेमिट्यान्सको कारोबार गर्ने ५२ औं कम्पनी हो । कम्पनीले यसअघि वल्र्डलिंक मनी ट्रान्सफरसँग मिलेर जापानबाट रेमिटट्यान्स नेपाल भित्र्याउँदै आएको कम्पनीका प्रबन्ध निर्देशक डीपी अर्यालले जानकारी दिए ।

'राष्ट्र बैंकसँग गत जेठमा अनुमति लिएर नेपालमा आफ्नै कम्पनी स्थापना गरेका छौं, उनले भने, वल्र्डलिंकका ४ सय  सब एजेन्ट र विभिन्न बैंकलाई समेत एजेन्ट नियुक्त गरेर तिनका शाखासहित मुलुकभरमा १ हजार सब एजेन्टमार्फत हामी विदेशबाट पठाइएको रेमिट्यान्स घरघर पुर्‍याउँछौं । कम्पनीले गत सेप्टेम्बरदेखि जापानबाट रकम भित्र्याउन सुरु गरेको हो । 'एक वर्षमा २ अर्ब रेमिट्यान्स भित्र्याउने लक्ष्य राखिएकोमा केही महिना बाँकी हुँदै त्यसको नजिक पुगेका छौं,' उनले भने, अब हामी युरोप र अमेरिकाबाट रेमिट्यान्स ल्याउने अभियानमा छौं ।

जेएमईमा पर्यटन, निर्माण, बैंकिङलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरू सहभागी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Published on: 5 August 2011 | Kantipur

Back to list

;