वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँछुः श्रममन्त्री यादव

काठमाडौँ, मङ्सिर ५ गते । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज अपराह्न मन्त्रालय पुगेर पदबहाली गर्नुभएको छ।

आज बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गर्नुभयो ।

सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित हुने बताउनुभयो । अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेका आफूले निजकबाट नियालेको उल्लेख गर्दै उहाँले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताउनुभयो ।

Published on: 22 November 2019 | Gorkhapatra

Link

Back to list

;