s

भारतमा नेपाली महिला बलात्कृत

भारत विहारको मुजफ्रपुर नजिक देवरिया गाउँमा एक नेपाली महिला बलात्कृत भएकी छन् । पति र काखे छोरासहित भाडाको घरमा बस्दै आएकी उनलाई राति मादक पदार्थ सेवन गरेका जियालाल महतो नामका व्यक्तिले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार सुर्खेत विद्यापुर गाउँका नेपाली दम्पती देवरियामा बस्दै आएका थिए । लामो समयदेखि रात्रि प्रहरीको पेसा गर्दै आएका उनका पति काममा गएका बेला शुक्रबार घटना भएको हो । भोलिपल्ट बिहान पति फर्केपछि देवरिया थानामा शनिबार जाहेरी दर्ता गराएका छन् । गर्मीका कारण ढोका खुल्लै रहेको मौका छोपेर महतोले काखे नानीलाई नियन्त्रणमा लिई हत्याको धम्कीसमेत दिएका थिए । जाहेरीपछि प्रहरीले महतोलाई हिरासतमा लिएको छ । 

Published on: 23 September 2014 | Kantipur

Back to list

;