s

विदेशबाट फर्केका युवा स्वदेशमा लुटिए

कतारबाट विदामा घर फर्केका तेह्रथुम यावरा–९ का सुमन जोगी र धरान–१५ का सन्तकुमार लिम्बू लुटिएको प्रहरीले जनाएको छ । २१ चैत राति काठमाडौंबाट बस चढेर धरान आइपुगेका उनीहरू २२ चैत विहान अचेत अवस्थामा भेटिएका थिए ।

उनीहरूको साथमा रहेको मोबाइल, पर्स, औँठी, सिक्री तथा घडी लुटिएको छ । बोल्नै नसक्ने अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वडा प्रहरी कार्यालयका इन्चार्ज कालुमान राईले जानकारी दिए ।

पीडितहरुको होस खुलेपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Published on: 6 April 2014 | Himal Khabarpatrika

Back to list

;