s

जोखिममा परेका २६ महिलाको उद्धार


माइती नेपाल वीरगन्ज शाखाले १ वर्षमा भारतका विभिन्न स्थानमा जोखिमपूर्ण जीवन व्यतीत गरिरहेका २६ चेलीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

शाखा प्रमुख संगीता पुरीका अनुसार सन् २०१३ मा यति संख्यामा चेलीलाई नेपाली र भारतीय प्रहरीसँगको समन्वय र सहयोगमा उद्धार गरी ल्याइएको हो । बैंगलोर, दिल्ली, कोलकाता, मुम्बई, गाजियावाद, आदापुर, मोतिहारी, डुबाहा, सुगौलीलगायतका भारतीय सहरबाट ती चेलीलाई उद्धार गरी ल्याइएको हो । उद्धार गरिएकामध्ये ७ लाई आर्केस्ट्राबाट, ५ लाई वेश्यालयबाट र अन्यलाई आफन्त तथा अन्यको घरमा जोखिमपूर्ण रूपमा हिंसा सहेर बसेको अवस्थामा उद्धार गरी ल्याइएको हो ।

Published on: 3 January 2013 | Kantipur 

Back to list

;