s

कामदारको आत्महत्याप्रति कम्पनीद्वारा क्षमा

कोरियामा कम्पनीको मानसिक यातना खप्न नसकेर एक नेपाली कामदारले आत्महत्या गर्न पुगेको घटनाप्रति कम्पनी प्रशासनले क्षमा माग्दै पीडित परिवारलाई क्षतिपूर्ति दिएको छ। कोरियाको थेंगुस्थित सेइन इन्ड्रस्टि्रज कम्पनीमा कार्यरत लमजुङको बाहुनडाँडा-५ का धनराज घलेले कम्पनी प्रशासनबाट हुने गरेको मानसिक तनाव खप्न नसकेर गत जुन १२ मा आत्महत्या गरेका थिए। घले ईपीएस प्रणालीअन्तर्गत गत सेटेम्बर १० मा त्यहाँ गएका थिए। उनको हत्यामा कम्पनी दोषी पाइएपछि उसले आफ्नो तर्फबाट परिवारसँग क्षमा माग्दै क्षतिपूर्ति दिएको हो । कम्पनीले परिवारको जीवनयापन र बालबच्चालाई पठन-पाठनका लागि सान्त्वनास्वरूप २ करोड ५० लाख कोरियान वन (करिब १५ लाख रुपैयाँ) अस्पतालको खर्च र मृतक परिवारका लागि हवाई टिकटस्वरूप ५० लाख वन मृतक परिवार र छानबिन आयोगलाई दिएको छ। उनको अन्त्येष्टि आइतबार लमजुङमा गरिएको छ।

घलेले आत्महत्या गर्नुअघि पटक-पटक त्यस कम्पनीका व्यवस्थापकलाई आफूमाथि ‘भइरहेको व्यवहार’ बारे जानकारी दिन चिठी लेखेका थिए । ‘मैले रात्रिकालीन सिफ्ट गर्न थालेपछि ममाथि हुने व्यवहार परिवर्तन भइरहेको छ। यसबाट म निकै चिन्तित छु,’ उनले चिठीमा भनेका थिए, ‘यो किन भइरहेको छ, मैले बुझेको छै । मलाई स्पष्ट पारिदिनु हुन अनुरोध छ।’

कम्पनीले कोरियाली भाषामा राजीले कम्पनी छोडेक’ पत्रमा हस्ताक्षर गर्न लगाएको जानकारीपछि उनी थप निराश थिए। उनले कम्पनी छाडेको ४ दिनपछि आत्महत्या गरेका थिए।

घलेको आत्महत्यासम्बन्धी कोरियाली टे्रड युनियन महासंघ, जीफन्ट सपोर्टलगायतको ‘घले छानबिन आयोग’ ले आत्महत्या हुनुमा कम्पनी दोषी भएको निष्कर्ष निकालेको थियो । कम्पनीले ‘घलेसँग आफ्नो समस्या नभएको’ भनेको छ । ‘कम्पनीले त्यस्ता गलत बुझाइलाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा त्यस पक्षमा भएको कमी कमजोरी आत्मादेखि नै स्वीकार गर्दछु,’ कम्पनीका व्यवस्थापक ली सुन दकले माफी पत्रमा भनेका छन्, ‘उनलाई पुनः कोरियाली भाषामा राजीनामा पत्र दिन लगाएर उत्पन्न भएको गलत बुझाइप्रति दुःखी हुँदै आत्मादेखि ग्लानि महसुस गर्दछु।’ तर कम्पनीले ‘गलत बुझाइ’ बारे स्पष्ट खुलाएको छै ।

कम्पनीले घटनाबाट पाठ सिकेको बताएको छ। ‘यस घटनाको साथसाथै अब प्रवासी मजदुरको श्रममात्र होइन, विश्रामको समय, कल्याण आदिमा अरू सावधानी हुँदै, उनीहरूको मानव अधिकारलाई आत्मसात गरी कम्पनीमा विभेद नगर्न प्रयास गर्नेछु,’ व्यवस्थापकले भनेका छन्, ‘र, कम्पनी रेखदेखकर्तालाई मानव अधिकारसम्बन्धी प्रशिक्षण दिएर भविष्यमा यस्तो घटना नदोहोर्‍याउने कोसिस गर्नेछु।’

Published on: 5 August 2011 | Kantipur

Back to list

;