s

बेलायतमा सेलरोटी बेच्छन् लाहुरे कवि

बेलायतको नाम सुन्नेबित्तिकै धेरै सोच्दा हुन्-यहाँ रुख चढेर पाउन्ड टिपिन्छ, ऐसआराम र बिलासी जीवन छ । भूपू बि्रटिस लाहुरे हेम थापा सेठको जीवनशैली हेर्दा माथिका सबै कुरा भ्रम रहेको पुष्टि हुन्छ ।

बि्रटिस आर्मीमा १५ वर्ष छिचोलेर अवकाश लिएका उनी अहिले लन्डनमा सेलरोटी पकाएर जिन्दगी गुजारा गरिरहेका छन् । ‘खान नपुगेर यो पेसा अँगालेको होइन,’ गफगाफको सुरुतिरै उनी प्रष्टिकरण दिँदै थिए, ‘बेलायतमा नेपालीका भोजभत्तेर, कर्मकाण्ड बढेसँगै माग बढेपछि सेलरोटी पोल्न थालेको हुँ ।’

बेलायतमा काम ठूलो-सानो नमानिने भएर पनि थापालाई आफैं यस्तो व्यवसाय गर्न कत्ति हिचकिचाहट नभएको कान्तिपुर दैनिकमा खबर छ ।

सामाजिक यथार्थवादी उपन्इास ‘बादलपारीको देश’ र कविता संग्रह ‘लोक व्यथा’ प्रकाशित गरिसकेका लाहुरे कवि थापाले लन्डन अल्पर्टनमा भर्खर खुलेको गोर्खा सुर्परस्टोरमा ताजा रोटी राख्ने गरेका छन् । गायिका इन्द्रा थापा आफैंले रोटी बनाउँछिन् । चिनियाँ, थाई, अफि्रकी, अंग्रेजी र नेपाली खबै खाना बनाउन माहिर इन्द्राले ‘अन्यत्र पाइनेभन्दा उत्कृष्ट सेलरोटी बनाउने गरेको,’ थापाको भनाई छ ।

Published on: 15 March 2014 | Kantipur 

Back to list

;