s

महिला बिक्री गर्ने गिरोह पक्राउ

दीपेन्द्र विष्ट
 
प्रहरीले दुई महिलालाई भारत लगी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोले साउदी अरवमा घरेलु कामदारमा राम्रो रोजगारी लगाइ दिन्छु भनि प्रलोभनमापारी भारतको गुडगाउँ पुर्‍याई बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको हो ।
 
व्युरोकी प्रवक्ता एवं एसपी किरण बज्राचार्यले बाग्लुङका जीतबहादुर दर्जीलाई महाराजगंजबाट र बाग्लुङकै कल्पना लिम्बुलाई पोखरास्थित रामबजारबाट पक्राउ गरेको जानकारी दिइन् । कल्पना जीतबहादुरकी दीदी हुन् । कल्पनाका श्रीमान सिनामंगलस्थित हमित म्यान पावर चलाउने गरेको उनले बताइन् । पक्राउमा पर्ने डरले कल्पना भागेर पोखरा पुगेको उनले बताइन् । व्युरोका डिएसपी राकेश थापाको नेतृत्वमा गएको टोलीले पोखराबाट उनले पक्राउ गरेको हो ।  
 
दर्जी र कल्पनाले पीडित दुई महिलालाई भारतीय गिरोहलाई १/१ लाख रुपैयाँ लिई विक्री गरेका थिए । त्यसपछि भारतीय गिरोहले भारतस्थित साउदी अरेवियन राजदुतावासका पदाधिकारीसँग विक्री गरेको व्युरोकी प्रवक्ता बज्राचार्यले बताइन् । त्यसपछि ति महिलालाई मुम्बई, श्रीलंका हुंदै साउदी अवर पुर्‍याई पुनः गुडगाउँस्थित अर्पाटमेन्टमा राखेर ३ महिनासम्म यौन शोषण गरेको अनुसन्धानबाट खुलेेको बज्राचार्यले बताइन् । मानव बेचबिखनमा संलग्न गिरोह नेपाल, साउदी, श्रीलंका र भारतमा क्रियाशील रहेको उनले बताइन् । 'करिव ८ देखि १० जनाको गिरोह सक्रिय छ' उनले भनिन,' अन्यको पनि खोजी भइरहेको छ ।'
  
Published on: 18 September 2015 | Kantipur
 

Back to list

;