s

'मलेसिया जानेको अवस्था दयनीय'

रोजगारीमा मलेसिया जाने नेपालीको अवस्था दयनीय रहेको आइतबार यहाँ आयोजित कार्यक्रममा बताइएको छ । प्रवासी नेपाली समन्वय समिति -पीएनसीसी) को सहकार्यमा युवा विकासका लागि युवा एकता -युफिड) ले आयोजना गरेको 'मलेसियामा नेपाली कामदारको अवस्था' बारे कार्यशालामा यसबारे तथ्यहरू प्रस्तुत गरिएको हो ।

कार्यपत्र प्रस्तुत गर्दै 'मलाया एक्सप्रेस' का लेखक तथा पत्रकार अखण्ड भण्डारीले काम खोज्दै मलेसिया गएका नेपाली विभिन्न बाध्यतामा फस्ने गरेको यथार्थ चित्र उतारे । उनले मलेसिया नेपाली कामदारका लागि निकै जोखिमपूर्ण गन्तव्य बनेको उल्लेख गरे । यसको मूल कारण दलाल र म्यानपावर एजेन्सीको ठगी भएको उनले देखाए ।

कार्यक्रममा पीएनसीसीका अध्यक्ष महेन्द्र पाण्डे, सभासद अनन्त पौडेल, प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, युफिडका अध्यक्ष बोलबहादुर कार्कीलगायतले श्रमिकका समस्याबारे बोलेका थिए ।

Published on: 26 December 2013 | Kantipur

Back to list

;