s

मलेसियाका जेलमा ३२९ नेपाली

मलेसियाका विभिन्न जेलमा ३ सय २९ नेपाली रहेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरूको अवस्थाबारे जानकारी लिने भएको छ । राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, 'छिट्टै उनीहरूको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल थाल्नेछौं ।'

मलेसियामा गम्भीर अपराधदेखि चोरी मुद्दासम्म नेपालीहरू जेलसजाय भोगिरहेका छन् ।

Published on: 16 January 2014 | Kantipur

Back to list

;