s

मानव बेचबिखन मुद्धाका फरार अभियुक्त २६ वर्षपछि पक्राउ

नुवाकोट : २६ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई नुवाकोटमा प्रहरीले पक्राउ गरेको छ । कैद सजायका लागि कारागार चलान गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोटको वेतिनीका एक जनालाई प्रहरीले पक्राउ गरेर कारवाहीका लागि अदालत पठाएको छ । मकवानपुर जिल्ला अदालतको गत २०५५ साल माघ १९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद सजाय फैसला भई फरार रहेका नुवाकोटको दुप्चेश्वर गापा ४ का ५५ वर्षीय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तामाङलाई खोजतलास गर्ने क्रममा तादी गापा ४ सातबिसेमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए । पक्राउ परेका तामाङलाई अदालतले तत्काल कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

Published on: 29 April 2024 | Annapurna Post

Link

Back to list

;