s

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय बच्चु बिक सुनार र ४७ वर्षीय दावा लामा रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनारलाई काठमाडौं बुढानीलकण्ठ र लामालाई ललितपुरको महालक्ष्मीबाट पक्राउ गरिएको हो।

उनीहरूले तीन जना युवतीलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाई लेवनान पठाइदिने भनेर सिन्धुपाल्चोकबाट काठमाडौं र वीरगन्ज हुँदै भारतको शहिदनगर भन्ने स्थानमा पुर्‍याई एक-एक लाखमा बिक्री गरी जबरजस्ती वेश्यावृत्तीमा संलग्न गराएको मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले फैसला गरेको थियो।

फैसलापछि फरार रहेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

Published on: 1 April 2024 | Annapurna Post

Link

Back to list

;