s

नेपाल र कोरियाबीच श्रम सम्झौता नवीकरण

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नवीकरण भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई वर्षका लागि दुईपक्षीय सम्झौता शुक्रबार नवीकरणमा हस्ताक्षर गरेका हुन् ।
 
हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन अनुरोध गर्नुका साथै नेपाली कामदारको बारेमा निःशुल्क हवाई टिकट माग गरेका छन् । उनले अदक्ष कामदार मात्र होइन इन्जिनियर, नर्स आदि दक्ष कामदारलाई रोजगार दिन प्रस्ताव गरेका थिए । त्यस्तै मन्त्री गुरुङले ईपीएस आवेदन गर्ने उमेर हद वृद्धि १९ वर्षदेखि ४५ वर्षसम्म बनाउन प्रस्ताव गरेका थिए । उनले कामदारको परिवारलाई बेलाबेला भ्रमण गराउन पाउने प्रावधान र खाडी क्षेत्रमा कन्स्ट्रक्सनमा कामको अनुभव भएका कामदारहरूलाई कोरियामा रोजगार दिन प्रस्ताव गरेका छन् ।
 
नेपालका तर्फबाट राखिएका प्रस्तावहरू कोरियाली पक्षले सकारात्मक रहेको छ । निःशुल्क हवाई टिकटबारे जवाफ दिंदै मिनिस्टर सुनले निःशुल्क टिकट १५ देशका कामदारलाई नै दिनुपर्ने भएकाले समस्या हुने जानकारी गराएका थिए । जवाफमा मन्त्री गुरुङले सुरुमा हवाई टिकट रोजगारदाता उपलब्ध गराएर पछि कामदारको तलबबाट कट्टा गर्ने प्रस्तावलाई सुनले सकारात्मक लिएका थिए । मिनिस्टर सुनले अहिले कम्स्ट्रक्सन क्षेत्रमा कोरियन चाइनिज र कोरियन मजदुरहरू कार्यरत भए पनि दक्ष नेपाली कामदारलाई लिन सकिने बताए ।
 
शनिबार सोलस्थित नेपाली दूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले छिट्टै श्रम बैंक स्थापना हुने बताए । श्रम बैंक स्थापना भएपछि हुन्डी करोबार कम हुने जनाउँदै नेपालबाट कोरिया आउँदै सो बैंकमा खाता अनिवार्य खोल्नु पर्ने प्रावधान बनाइने जानकारी दिए ।
 
Published on: 30 August 2015 | Kantipur
 

Back to list

;