s

नेपाली युवकलाई जापानको उच्च सम्मान

आफ्नै ज्यान जोखिममा पारी एउटी जापानी युवतीको जीवन बचाएको कदरस्वरूप नेपाली युवक अनुजराज कार्कीलाई जापान सरकारले उच्च सम्मान प्रदान गरेको छ। जापानी प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार टोकियोस्थित आफ्नै कार्यालयमा आयोजित एक विशिष्ट कार्यक्रममा कार्कीलाई 'द मेडल विथ रेड रिबन'ले सम् मान गरेका हुन्। यो मेडल आफ्नो जीवन जोखिममा राखेर अरूको जीवन बचाउने व्यक्तिलाई प्रदान गर्ने गरिएको जापान सरकारको आधिकारिक वेबसाइटमा उल्लेख छ। 

सम्राट् अकिहितोको 'आदेश' मा जापानी मन्त्रिपरिषद्ले कार्कीलाई उक्त सम्मान प्रदान गरेपछि प्रधानमन्त्री आवेले शुक्रबार उनलाई व्यक्तिगत रूपमा भेटी विभूषणको प्रशंसापत्र हन्तान्तरण गरेका हुन्। 

कार्कीको अतुलनीय साहसको प्रशंसा गर्दै जापान सरकार र त्यहाँका जनताका तर्फबाट प्रधानमन्त्री आवेले दिएको प्रशंसापत्रमा 'असाधारण साहसिक कार्य गरी जापानी नागरिकको जीवनरक्षा गरेकाले जापान सरकार उच्च सम्मान व्यक्त गर्दछ', भन्ने उल्लेख छ। 

अन्नपूर्णलाई प्राप्त जानकारीअनुसार कार्कीले सन् २०१४ मे ५ को राति टोकियोको रेल्वे स्टेसनको 'लो ट्रयाक' मा खसेकी एउटी २१ वर्षीया जापानी युवतीको उद्धार गरेका थिए। 

अचेत अवस्थामा रहेकी ती युवतीलाई सकुशल उद्धार गरेको ६ सेकेन्डमै तीव्र गतिको रेल त्यहाँबाट पास भएको थियो। ६ सेकेन्डको ढिलाइले दुवैको ज्यान जानसक्ने जोखिम मोली कार्कीले दुर्लभ साहस र मानवीय गुण प्रदर्शन गरेका थिए। 

युवती बेहोस अवस्थामा रहेकोले उद्धारमा केही बढी समय लागेको र एक्लै उठाई सुरक्षित क्षेत्रमा पु:याउन धौधौ परेको प्राप्त सूचनामा उल्लेख छ।

युवती अचेत र उद्धारमा केही ढिलाइ हुँदा उनको कुम 'डिसलोकेट' भए पनि अहिले उनी पूर्णस्वस्थ छिन्। जानकार सूत्रले ती युवतीको पहिचान खोल्न चाहेन। 

जापान सरकारले पनि उनको परिचय सार्वजानिक गरेको छैन। आफूलाई सार्वजानिक नगरिदिन उनले गरेको आग्रहका कारण सरकारले गोपिनीयताको हकको स मान गरेको बताइएको छ। 

आफैलाई जोखिममा पारेर जापानी युवती बचाएका थिए अनुजराज कार्कीले।

नेपाली नागरिक कार्कीलाई जापान सरकारद्वारा उच्च सम्मान प्रदान गरिएकोमा नेपालस्थित जापानी दूतावासले स्वागत गरेको छ। यसबारे प्रतिक्रिया दिँदै दूतावासले भनेको छ, 'प्रशंसायोग्य उद्धारको कामले कार्की स मानित भएका हुन्। यो स मानले दुई देशका जनताको स्तरमा आपसी स बन्ध र विश्वास अझ प्रगाढ बनेको छ।' 

२०४९ पुस १० गते नेपालमा जन्मेका कार्की हाल जापानको एउटा रेस्टुराँसाथै एउटा खाद्य उद्योगमा पार्टटाइम काम गर्छन्। १६ वर्षको उमेर सन् २००८ मा जापान गएका उनी बाबुआमासँगै कास्तुसिका कु, सिनकोइवा टोकियोमा बस्छन्। 

सन् १८८१ मा स्थापना गरिएको 'द मेडल विथ रेड रिबन' जापानी सम्राट्को जन्मदिनका अवसरमा घोषणा गरिन्छ। 

२०१४ नोभेम्बरमै एउटा भव्य समारोहमा यो मेडलले सम्मान गर्ने कार्यक्रम निर्धारित भए पनि कार्की त्यसबेला जापानमा नभएकाले उनको सम् मानमा अर्को कार्यक्रम आयोजना गरिएको हो। 

उनलाई १३ जनवरी, २०१५ मा मेडल औपचारिक हस्तान्तरण गरिए पनि प्रधानमन्त्री स्वयंले प्रशंसापत्र दिन चाहेपछि जनवरी २३ (माघ ९) गते शुक्रबार अर्को कार्यक्रम तय गरिएको हो। 

जापानको प्रतिष्ठित यो विभूषणबाट हालसम्म ११ जन विदेशी नागरिक स मानित भएका छन्। सन् २०१३ मा यो स मान समुद्रमा डुब्न लागेकी एक जापानी बालिकाको उद्धार गरेबापत एकजना चिनियाँ विद्यार्थीलाई दिइएको थियो। 

Published on: 24 January 2015 | Annapurna Post

Back to list

;