s

पाँचतारे होटल अन्नपूर्णका मजदुर आन्दोलित

काठमाडौंमा रहेको पाँचतारे होटल अन्नपूर्णमा कार्यरत मजदुदर आन्दोलनमा उत्रिएका छन्। उनीहरुले व्यवस्थापनपक्षले कानूनअनुसारको सेवा सुविधा नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

यसका लागि उनीहरुले आफ्ना मागहरुको बारेमा श्रम कार्यालय तथा होटल व्यवस्थापनलाई जानकारी गराएका छन्।

पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका महासचिव महेश जोशीका अनुसार होटल अन्नपूर्णले श्रमिकहरुको नामा जम्मा हुने उपदान रकम दिएको छैन।

सामाजिक सुरक्षा ऐन आनुभन्दा पहिलेको श्रम ऐनले व्यवस्था गरेको न्यूनतम तलबको ८ प्रतिशत रकम उपदान कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो। त्यस्तो कोष बनाएरि प्रत्येक श्रमिकका नाममा राख्नुपर्ने व्यवस्था रहेको थियो।

सोहीअनुसार अब सामाजिक सुरक्षा कोषमा जानुपर्ने समय आएपछि पूरानो उपदानको एकमुष्ट रकम माग गर्दै मजदुरहरु व्यवस्थापन पक्षसँग गएपछि आनानकानी गरेपछि मजदुरहरु आन्दोलित भएका छन्।

उनीहरुले तत्काल सो कोषका बारेमा जानकारी दिन माग गरेका छन्।मजदुरहरुले भने व्यवस्थापनले कोष नबनाइ मजदुरका नाममा उठाएको रकम हज गरिदिएको आरोप लगाएका छन्।

पहिलो चरणमा श्रम कानूनअनुसार व्यवस्थापन र श्रम कार्यालयलाई मागका बारेमा जानकारी गराइएको र त्यसपछि कानूनअनुसार आन्दोलनका कार्यक्रम अघि बढाइने जोशीले जानकारी दिए।

Published on: 7 December 2019 | Setopati

Link

Back to list

;