s

कतारको श्रम कानुनले घरेलु कामदारलाई समेट्यो

घरेलु कामदारलाई पनि सम्बोधन गर्ने गरी कतारले श्रम कानुनमा सुधार गरेको छ । यसबाट हजारौ नेपाली घरेलु कामदार लाभान्वित हुनेछन् । 

श्रम बजारको सुधार गर्दै कतार सरकारले यस्तो घोषणा गरेको हो । कतारले कफला -स्पोन्सरसीप) व्यवस्था र श्रम कानुनमा परिवर्तन गरी श्रम बजारलाई परिष्कृत गरेको घोषणा बुधबार गरेको थियो ।

कतारमा घरेलु कामदार अन्तर्गत हाउसमेड, हाउसब्वाइ, हाउसडाइभर, मरुभूमिमा उँट हेर्ने, दौडाउने, खेती किसानी गर्ने, बाख्रा र चराचुरंगी हेर्ने काममा नेपालीहरू संलग्न छन् । यी क्षेत्रमा काम गर्ने नेपाली अधिकारबाट वञ्चित हुँदै आएका छन् । 

'घरेलु कामदारलाई समेत समेट्ने गरी नयाँ श्रम कानुन ल्याइएको छ,' पत्रकार सम्मेलनमा सीमा, राहदानी तथा आप्रवासी मामिला विभागका उपमहानिर्देशक बिग्रेडियर मोहम्मद अहमिद अल अटिकले भने, 'यो निर्माणाधीन काममा संलग्नका लागि मात्रै होइन कि घरेलु कामदारका लागि समेत प्रयोग हुन्छ ।' वषौर्ं काम गर्दा पनि उनीहरू बोनसजस्ता सुविधा पाउनबाट वञ्चित छन् । 

घरेलु कामदारलाई यहाँ व्यक्तिगत कामदारका रूपमा हेरिँदै आएको थियो । घरेलु कामदारको मुद्दामामिला श्रम मन्त्रालयले हेर्ने गरेको थिएन । यो आन्तरिक मन्त्रालयको क्षेत्रभित्र पथ्र्यो । 'सुरा काउन्सिलबाट प्रमाणित हुनासाथ नयाँ श्रम कानुन कार्यान्वयनमा आउनेछ,' उनले भने, 'त्यसका लागि केही समय लाग्नेछ ।' कतारको राष्ट्रिय मानवअधिकार समितिको वाषिर्क प्रतिवेदनले अधिकार नहुँदा घरेलु  कामदार सबैभन्दा बढी जोखिममा परेको विवरण बुझाएको छ । 'घरेलु कामदारमाथि दुव्र्यवहार हुनुका पछाडि अहिलेको व्यवस्था हो,' प्रतिवेदनमा छ, 'कानुनी अधिकार नभएसम्म उनीहरूको अधिकार दिलाउन सकिँदैन ।' 

झन्डै एक महिनाअघि मात्रै एमनेष्टी इन्टरनेसनलले कतार घरेलु महिला कामदार -हाउसमेड) माथि हुने शारीरिक, मानसिक र जबर्जस्ती श्रम शोषण रोक्न असफल भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । 'भेदभावपूर्ण व्यवस्थाले घरेलु कामदारहरू निकै पीडित हुनु परेको छ । यसले न्यूनतम सुरक्षाको अभाव हुनुका साथै उनीहरूलाई  जबर्जस्ती श्रम, मानव बेचबिखनका लागि खुला गरेको छ,' एमनेष्टीले भनेको थियो, 'त्यस्ता महिला एकदमै फुत्किन नसक्नेगरी समस्यामा परेका हुन्छन् । दुव्र्यवहार गर्ने मालिकको घरलाई छोड्न सक्तैनन् ।' 

एमनेष्टीका अनुसार कतारमा झन्डै ८४ हजार घरेलु कामदार छन् । जसमा सबैभन्दा बढी दक्षिण एसियाका महिला छन् । त्यस्ता कामदारले साताको सय घन्टा भन्दा बढी काम गर्नुपर्ने स्थिति रहेको उसको भनाइ  छ । 

नेपालले पनि कतारलाई घरेलु कामदारलाई श्रम कानुनमा समेट्न आग्रह गर्दै आइरहेको थियो । नेपालले औपचारिक क्षेत्रमा काम गर्ने कामदारको कानुनी अधिकार दिलाउने गरी श्रम सम्झौता गरे पनि घरेलु कामदारका लागि केही गरेको छैन । 

 

Published on: 16 May 2014 | Kantipur

Back to list

;