s

रुस-युक्रेन युद्धमा घाइते भएकाको उपचार र क्षतिपूर्तिको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं : रुस-युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते भएका नेपाली युवाका परिवारहरूले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् । युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहिलाई पक्राउ गरेको थियो । विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए । रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने,बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

Published on: 19 April 2024 | Annapurna Post

Link

Back to list

;