s

शरणार्थी शिविरमा गोली हानी हत्या

झापाको बेल्डाँगीस्थित शरणार्थी शिविरमा बुधबार सशस्त्र समूहले गोली प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । बेल्डाँगी-३, सेक्टर सी-४ का २१ वषर्ीय रामकुमार गुरुङलाई सशस्त्र समूहले साँझ साढे सात बजे ४ गोली प्रहार गरेको थियो ।

तीमध्ये ३ गोली छातीमा र एउटा देब्रे हातमा लागेको थियो । शिविरबाट आम्दा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । गुरुङ हातहतियार काण्डमा यसअघि नै जेल सजाय पाइसकेका व्यक्ति भएको सशस्त्र प्रहरीका डीएसपी रमेश सुवेदीले बताए । आक्रमण कसले गरेको हो भन्ने तत्काल थाहा हुन सकेको छैन । प्रहरीले आक्रमणकारी समूहको खोजी थालिएको जनाएको छ ।

Published on: 16 June 2011 | Kantipur

Back to list

;