s

सिंगापुरमा दिनहुँ नेपाली पक्राउ

रोजगारीको लोभमा अवैध तरिकाले जाँदा वा बसोबास गर्दा सिंगापुरमा दैनिक एक नेपाली पक्राउ पर्न थालेका छन् । यसै कारण सिंगापुरले नेपाली नागरिकलाई सहजै दिँदै आएको अनअराइभल भिसा बन्द गर्ने संकेत दिएको छ । 

सिंगापुर सरकारले नेपालीप्रतिको अध्यागमन नीति परिवर्तन गर्न सक्ने संकेत थाइल्यान्डस्थित नेपाली दूतावासलाई दिएको हो । बैंककस्थित दूतावासले सिंगापुर पनि हेर्छ । 'हरेक दिन नेपालीलाई समाएको जानकारी दिँदै छन् । सिंगापुरले जो कोहीलाई पक्राउ गर्नेबित्तिकै सम्बन्धित मुलुकमा खबर गर्छ,' थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले कान्तिपुरलाई टेलिफोनमा भने । सोझासाझा नेपालीलाई सिंगापुरमा काम लगाइदिने भन्दै दलालले लैजाने र उनीहरूलाई भिसा थप्ने जानकारीसमेत नहुने हुनाले यस्तो समस्या आउन थालेको उनले बताए । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकाहरू त्यहाँबाट जोहोरबारु हुँदै सिंगापुर जाने र उतै भारतीय पसल तथा कम्पनीमा काम गर्ने प्रवृत्ति पनि बढेको पाइन्छ । पढ्न गएकाहरू पनि ओभर स्टे गर्न थालेका छन् । यहाँबाट टिकट काटेर काम गर्नकै लागि जानेहरू पनि छन् । 

सिंगापुरले अहिलेसम्म नेपाली नागरिकलाई अनअराइभल भिसा नि:शुल्क दिँदै आएको छ ।

Published on: 1 March 2015 | Kantipur

Back to list

;