s

तीन वर्ष दुबईको अस्पतालमा बसेर फर्किए सुवास

लक्ष्मण खनाल

दुबईमा दुर्घट्नामा परी घाइते भएका काभ्रेपलान्चोक, भुल्भुका सुवास पन्तको उद्धार गरी नेपाल पठाइएको छ । तीन वर्षअघि दुबईस्थित किब्सन्स इन्टरनेसनल कम्पनीमा सेल्सम्यान पदमा काम गर्न आएका २६ वर्षीय पन्त सवार साइकल दुर्घटनामा परेको थियो ।

सन् २०२० को जनवरी ३ तारिखका दिन दुबईमा कारले उनी सवार साइकललाई ठक्कर दिँदा पन्त घाइते बनेका थिए । त्यसपछि पन्तलाई दुबईको रसिद अस्पतालमा भर्ना गरी उपचार गराउँदै आएको थियो । पन्तलाई पछिल्लो समय अज्मानको थुम्बे अस्पतालमा राखी उपचार गरियो । उनी लगातार १८ महिनासम्म कोमामा थिए ।

पन्तलाई एनआरएन युएईका केन्द्रीय सदस्य वेदप्रकाश पोखरेल, एनआरएन अजमानका उपाध्यक्ष पशुपति खड्कालगायत नेपाली समाजसेवीको पहलमा उद्धार गरी नेपाल पठाइएको हो ।

हाल पन्तको अवस्था सुधारोन्मुख रहे पनि हातगोडालगायत शरीरका विभिन्न अंगहरू नचलेको एनआरएन युएईका केन्द्रीय सदस्य पोखरेलले बताए । आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न समस्या परिरहेको भन्दै परिवारले सहयोगका लागि अनुरोध गरेको छ ।

Published on: 21 November 2022 | Naya Patrika

Link

Back to list

;